Skip to content
salyandrishtikon's profile image - click for profile

Salyan Drishtikon's Fundraiser:

सल्यान गेट निर्माण अभियान

Salyan's Photo

BENEFITING:

Salyan Drishtikon

THE STORY:

कस्तो हुने छ त सल्यान-दाङको सिमानामा सल्यानी युवाहरुले बनाउने सल्यान गेट ? सल्यान गेट/सल्यान प्रबेश द्वारसल्यान र दाङको सिमानामा बन्ने गेट हो ।यो गेट सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालको बनाइने छ । गेटको दुईवटा पिल्लरमा सल्यानका मुख्य पर्यटकिय सम्पदाको स्केच कुदिने छ । गेट निर्माण हुने लोकेशनमा पर्ने बाटोलाई अलिकती चौडा बनाइ त्यहा सल्यानका पर्यटकिय चिनारी अङ्कित ठुलो होरिङ्ग बोर्ड पनि राखिने छ । यसका साथै गेट निर्माण हुने ठाउँ नजिकै एउटा मन्दिर , एउटा प्रतिक्षालय अनी सम्भव भएसम्म एउटा पानीको धारो पनि बनाइने छ । हामीले समस्त सल्यानी युवाहरुले जिल्लाको लागि केही योगदान दिऔ भनी सल्यान गेट निर्माण गर्ने योजना ल्याएका छौ । २५ लाख रुपैया संकलन गरेर सल्यानकै शानको रुपमा गेट निर्माण गर्ने चुनौती पनि मोलेका छौ। सल्यानलाई अगाडी बढ़ाऊँने ज़िम्मेवारी युवाहरूको भएकोले सम्पूर्ण युवाहरू सल्यानको लागी सकृय भूमिकामा ल्याउन यो गेटले सकारात्मक सन्देश प्रबाह गर्ने छ भन्ने पुर्ण विश्वाश लिएका छौ । र समस्त सल्यानी महानुभावहरुको साथ र सहयोग संगै समस्त सल्यानी युवाहरुलाई यस अभियानमा प्रत्यक्ष सहभागी भएर अभियान्ता बनी समृद्ध सल्यानको निर्माण यात्रामा लाग्न अपिल गर्दछौ ।

$0

MONEY RAISED
  •  
  •  
  •  

Fundraise for this Campaign

The Team: $0 TOTAL RAISED SO FAR

JOIN THE TEAM

Want to help Fundraise or Volunteer for this amazing Fundraiser? Join the Team

Donor Comments

Salyan is working on selecting a charity so you can support सल्यान गेट निर्माण अभियान .